चितवनमा पछिल्लो ६ महिनामा २५७ जना मानिस हराए

हिरालाल आचार्य ‘डायमण्ड’/ चितवन/चितवनमा पछिल्लो ६ महिनामा २५७ जना मानिस हराएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको तथ्यांकअनुसार चालु आर्थिक वर्षको हालसम्म चितवनमा २५७ जना मानिस हराएका छन् । हराउनेहरुमा सय महिला, ७९ पुरुष, १६ बालक, बालिका ४५ र ज्येष्ठ नागरिक १७ जना रहेका छन् ।
हराएकाहरुमा २१५ जना फेला परेका छन् । फेला पर्नेहरुमा ८३ महिला, ६४ पुरुष, १३ बालक, ४१ बालिका र १४ जना ज्येष्ठ नागरिक रहेका छन् ।

माथिको तथ्यांकका आधारमा भन्दा चालु आवमा चितवनमा हराएका मध्ये १७ महिला, १५ पुरुष, ३ बालक, ४ बालिका र ३ जना ज्येष्ठ नागरिक गरी ४२ जना अझै फेला पर्न सकेका छैनन् ।

अघिल्लो आर्थिक वर्ष ०७७/०७८ मा २०४ महिला, १५८ पुरुष, २६ बालक, ७९ बालिका र १६ जना ज्येष्ठ नागरिक गरी ४८३ जना हराएका थिए । जसमा १३ महिला, २७ पुरुष, १ बालक, २ बालिका र ३ जना ज्येष्ठ नागरिक गरी ४६ जना अझै फेला परेका छैनन् ।

आर्थिक वर्ष ०७६/७७ मा कुल ५२७ जना हराएकोमा ११ जना अझै फेला पर्न बाँकी छन् । फेला पर्न बाँकी रहेकामा ५ महिला, २ बालिका र ४ पुरुष रहेका छन् ।

आर्थिक वर्ष ०७५/७६ मा कुल ७२९ जना हराएकामा २० जना फेला परेका छैनन् । फेला नपर्नेमा ६ महिला, २ बालिका र १२ जना पुरुष रहेका छन् । ०७४/७५ मा कुल ५१६ जना हराएकामा सबै फेला परेको प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।

माथिको तथ्यांकलाई आधार मानेर भन्दा हराएका ज्येष्ठ नागरिक र बालकहरु धेरै फेला परेको देखिन्छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) नरहरी अधिकारीले ज्येष्ठ नागरिक र बालक हराए पनि सजिलै फेला पर्ने गरेको बताए ।

संख्यात्मकरुपमा तुलना गर्दा पुरुषभन्दा महिलाहरु धेरै हराउने गरेका छन् । तर फेला पर्र्ने अनुपातलाई हेर्दा महिलाको तुलनामा पुरुष कम फेला पर्ने गरेका छन् ।

हराएका मानिसहरु खोज्न प्रहरीले सक्दो प्रयास गरिरहेको उनको भनाइ छ । उनले मानिस हराएको सूचना प्रहरी कहाँ आएपछि देशभरका प्रहरी कार्यालयहरुमा फोटोसहित सूचना पठाउने गरिएको बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक ९एसपी० ओम अधिकारीले कोही जानीजानी हराउने गरेको पनि छन् । कोही युवायुवती प्रेमसम्बन्धमा बाँधिरए भागेका हुन्छन् । परिवारले हराएको सूचना दिन आउँछन् । तर भेटिएपछि प्रहरीलाई फेला परेको भनेर जानकारी दिन हिच्किचाउँछन् । कोहीको मृत्यु भइसकेको पनि हुनसक्छ । कोही भारततर्फ गएर बसेका हुनसक्छन् ।