खाल्डोमा गाडिएको अवस्थामा दुई जनाको शव फेला

मोरङ/खाल्डोमा गाडिएको अवस्थामा मोरङको धनपालथान गाउँपालिका ७ कमलपुर नजिकैको उखुबारीमा दुई जनाको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार २० देखि २५ मिटरको दुरीमा दुई वटा खाल्डोमा गाडिएको अवस्थामा दुई जनाको शव भेटिएको हो। शव कसको हो भन्नेबारे भने खुलेको छैन ।

अहिले तालिम प्राप्त कुकुरसहितको अनुसन्धान टोली पनि घटनास्थलमा पुगेको छ । शवको प्रकृति हेर्दा हत्या गरी गाडेको हुन सक्ने प्रहरीले बताएको छ ।