इच्छाकामना गाउँपालिकाद्वारा प्रशासनको आदेश अवज्ञा गर्दै दशौँ गाउँसभाको उद्घाटन
चितवन/चितवनको इच्छाकामना गाउँपालिकाले कोभिड–१९ नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको आदेश उल्ल्घंन गरेको छ। जिल्लामा कोभिडको संक्रमण बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले माघ ३ गते आदेश जारी गरेको थियो ।
आदेशमा २५ जना भन्दा बढी भेला हुने गरि सबै प्रकारका भेला, सभा,सम्मेलन, प्रदर्शन जात्र, मेला,महोत्सव नगर्न भनिएको छ । २५ जनाको भौतिक उपस्थितिमा कार्यक्रम गर्न परे दुबै मात्रा खोप लगाएको कार्ड भएका र एन्टिजेन नेगेटिभ रहेकाहरुलाई मात्र सहभागी गराउन भनिएको छ । प्रशासनबाट यस्ता आदेश जारी भएपनि स्थानीय जनप्रतिनिधहरुले भने उल्ल्घन गरेका छन् ।सोमबार चितवनको इच्छाकामना गाउँपालिकाले आदेश विपरित भव्य समारोहकाबिच दशौँ गाउँसभाको उद्घाटन गरेका छन् ।
गाउँपालिकाले तामझामका साथ मानिसहरुको ठूलो संख्यामा भौतिक उपस्थित गराई गाउँसभाको उद्घाटन कार्यक्रम गरेको हो । सभामा उपस्थित हुनेहरुले मास्क लगाएपनि भौतिक दुरी कायम गरेका थिएनन् ।
गाउँपालिकाले पूर्व कर्मचारी,राजनितिक दलका प्रतिनिधि विभिन्न संघसंस्थाका प्रतिनिधि कलाकार संचारकर्मी लगायतलाई निमन्त्रणा समेत गरेका थिए । सो अवसरमा कर्मचारी,पुर्व कर्मचारी,शिक्षक,विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत संयौँ जनालाई सम्मान गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले जिल्ला प्रशासनले जारीको आदेश विपरित जनसहभागिता गराएको प्रति आपत्ति जनाएका थिए ।
सो अवसरमा गाउँपालिकाले पर्यटकीय स्थलहरुलाई समेटिएर बनाएको गीता समेत सार्वजनिक गरेका थिए । उक्त गीतमा चेतन सापकोटा स्वर संगित र गाउँपालिका अध्यक्ष गुरुङको शब्द रहेको छ । चेतन सापकोटाले उक्त गीत गाएर विचोन गरेका हुन् ।