टेकु अस्पतालमा खोप अभियान पुनः सञ्चालन
काठमाण्डौं/स्वास्थ्यकर्मी व्यवस्थापन भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा स्थगित खोप अभियान पुनः सञ्चालनमा आउने भएको छ ।
अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट सङ्क्रमित भएपछि हिजोदेखि ७ दिनका लागि स्थगित गरिएको थियो ।
उक्त खोप अभियान सञ्चालनका लागि जनशक्ति व्यवस्थापन भएकोले खोप कार्यक्रम नियमित हुने अस्पतालले जनाएको छ ।
अस्पतालले विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौंबाट जनशक्ति व्यवस्थापन हुने भएकोले नियमित रुपमा खोप कार्यक्रम सञ्चालन हुने भएको हो ।