चितवनमा सडक विस्तारका क्रममा बनाइएको नालीमा फसेर गैंडाको मृत्‍यु

चितवन/चितवनको भरतपुरमा सडकखण्ड विस्तारका क्रममा बनाइएको नालीमा फसेर एक गैंडाको मृत्‍यु भएको छ ।

चितवन भरतपुरको टिकौली जंगल छेउको प्रहरी बिट अगाडि सडक विस्तारका लागि बनाइएको नालीमा गएराति रडमा उनिएर नालीमा फसेर गैंडाको मृत्यु भएको हो ।

बरण्डाभार क्षेत्रबाट राजमार्ग तरेर सडकभन्दा माथिल्लो क्षेत्रतिर जान लागेको अवस्था गैंडा सो नालीमा परेको अनुमान गरिएकोछ । घटनाका बारेमा निकुञ्जलाई जानकारी गराइए पनि गैंडाको अवस्था, उमेर र लिङ्गको बारेमा खुलेको छैन ।