पछिल्लो २४ घण्टामा १० हजार २ सय ५४ जनामा सङ्क्रमण

काठमाण्डौ/पछिल्लो २४ घण्टामा १० हजार दुई सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २० हजार एक सय ८७ जनाको नमूना परीक्षण गर्दा ५० दशमलव ९७ प्रतिशत अर्थात १० हजार दुई सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा सात सय आठ जना निको भएका छन् । यो सहित कोरोना संक्रमणमुक्त हुनेको संख्या आठ लाख २० हजार दुई सय ८३ जना पुगेको छ ।
यस्तै कोरोना संक्रमणबाट थप १६ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको ज्यान गएसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय ५१ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिले नेपालमा ७२ हजार आठ सय ६२ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।