फ्रान्समा भेटिएको नयाँ भेरियन्टको जोखिम नभएको डब्ल्युएचओको भनाई
एजेन्सी/विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले फ्रान्समा देखिएको कोभिडको भेरियन्टको जोखिम नभएको जनाएको छ । सो भेरियन्ट नोभेम्बरमा नै देखिएको भन्दै यसको जोखिम नभएको विश्व स्वास्थ्य संगठनका एक अधिकारीले बताएका छन् ।
‘फ्रान्समा भेटिएको नयाँ भेरियन्ट हाम्रो राडरमा छ । यसको अन्यको तुलनामा बढी जोखिम छैन,’ डब्ल्युएचओका अब्दिल महमुदले भने । फ्रान्समा फेला परेको भनिएको भाइरसलाई आइएचयु नाम दिइएको छ ।