भोलि गण्डकी प्रदेशमा सार्वजनिक बिदा

पोखरा/तमु ल्होछार पर्वका अवसरमा भोलि गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिने भएको छ । गुरुङ समुदायले पुस १५ मा मनाउँदै आएको तमु ल्होछारमा गण्डकी प्रदेशमा सरकारले एकदिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सचिवालयले बिहीबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।
प्रदेश सरकारले बर्षमा राष्ट्रिय बाहेक ६ दिन स्थानीय बिदा सक्ने गरी अधिकार पाएको छ ।