Breaking News

पछिललो २४ घण्टामा थप २७१ जनामा कोरोना सङ्क्रमण

काठमाण्डौं/पछिल्लो २४ घण्टामा थप दुई सय ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १० हजार आठ सय ८६ जनाको नमुना परीक्षण गर्दा दुई सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। थप दुई सय २५ जनासहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख ११ हजार पाँच पुगेको छ ।

यही अवधिमा एक जनासहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ८६ पुगेको छ । अहिले नेपालमा चार हजार नौ सय ३१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

sahid diwas