भारतको नयाँ दिल्लीमा रात्रिकालीन कर्फ्यु
काठमाण्डौ/कोरोनाको ओमिक्रोन भेरियन्ट फैलने खतरा बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा रात्रिकालीन कर्फ्यु लगाइने भएको छ ।
दिल्ली सरकारले आजदेखि राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने घोषणा गरेको हो ।
हिजो दिल्लीमा २ सय ९० जना नयाँ सङ्क्रमित भेटिए पछि र सङ्क्रमित एक जनाको ज्यान गएपछि सरकारले रात्रिकालीन कर्फ्यु लगाउने निर्णय गरेको हो ।
कोरोनाको सङ्क्रमण फेरि बढे पछि भारतका अन्य राज्यले पनि रात्रिकालीन निषेधाज्ञा लगाइरहेका छन् भने भीडभाडमा पनि रोक लगाइएको छ । भारतमा अहिलेसम्म चार सयभन्दा धेरैमा कोरोनाको ओमिक्रोन भेरियन्ट देखिएको छ ।