रङ्गभेद विरोधी डेसमन्ड टुटुको निधन
एजेन्सी/दक्षिण अफ्रिकामा रङ्गभेद अन्त्य गर्न महत्त्वपूर्ण भूमिका खेल्ने डेसमन्ड टुटुको ९० वर्षको उमेरमा निधन भएको छ । नोबेल शान्ति पुरस्कार विजेतासमेत रहनुभएका इसाई पादरी टुटुको आज आइतवार निधन भएको हो ।
टुटुलाई दक्षिण अफ्रिकामा रङ्गभेद विरोधीको प्रतीकको रूपमा पनि चिनिन्छ । उहाँको निधनमा दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामफोसाले दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रपति रामफोसाले टुटुको निधन भएको जानकारी दिँदै उहाँको निधन दक्षिण अफ्रिकामा एक बहादुर पिढीँको समाप्ति भएको बताउनुभयो ।
सन् १९८४ मा डेसमन्ड टुटुलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । उहाँ भारतमा सन् २००७ मा गान्धी पुरस्कारबाट पनि सम्मानित भइसक्नुभएको छ ।