स्रोत नखुलेको १६ लाख रकमसहित एक जना पक्राउ
काठमाण्डौं/स्रोत नखुलेको १६ लाख रकमसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहीबार बिहान अन्दाजी ११ बजेको समयमा कलैया उपमहानगरपालिका–१०, मटिअर्वा टोलस्थित नहर चोकमा चेकजाँचका क्रममा स्रोत नखुलेको उक्त परिमाणको रकमसहित पक्राउ गरिएको हो ।
चेकजाँचको क्रममा बीआर २२ एन ५०१४ नम्बरको भारतीय मोटरसाइकल चलाई आएका भारतकै बिहार जिल्ला, मोतिहारी ग्राम पञ्चायत बेलदर्वा–५ बस्ने वर्ष ३० का रंदेश कुशवाहाका साथबाट ने।रू।१००० दरको १३०० थान र ने.रू ५०० दरको ६०० थान गरी जम्मा सोह्र लाख रुपैयाँ फेला पारेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार उक्त रकमका सम्बन्धमा सोधपुछ गर्दा निजले स्रोत खुलाउन नसकेपछि उक्त रकम तथा रकम ओसारपसार गर्न प्रयोग गरेको मोटरसाइकलसहित निजलाई पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको छ । उनीमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसारको कसूरमा बारा जिल्ला अदालतबाट पहिलो पटक ५ दिनको म्याद अनुमति लिई प्रहरी हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।