पाँच महिनामा साढे १६ करोडको तास
काठमाण्डौं/पाँच महिनामै १६ करोड रुपैयाँको तास भित्रिएको छ । यही साताको सोमबार केन्द्रीय बैंकले तास आयात गर्न एलसी खोल्दा बैंकमा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । यही तास चालू आर्थिक वर्ष २०७८/७९ को साउन–मंसिर अवधिमा १६ करोड ५६ लाख रुपैयाँको भित्रिएको हो । विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्यांकले उक्त मूल्यको तास भित्रिएको जानकारी दिएको छ ।
यस अवधिमा ८४ लाख १० हजार पिस तास भित्रिएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यसबापत आयातकर्ताले राज्यलाई ८ करोड ६९ लाख रुपैयाँ भन्सार महशुल तिरेका छन् । यद्यपी, राष्ट्र बैंकको नयाँ व्यवस्थाले तास आयात खुम्चिने अनुमान गरिएको छ ।