रोटरी क्लबका डिष्ट्रीक गभर्नर संन्तोष रिजाललाइ भुजेल समुदायमा स्वागत
करिस्मा गुरुङ/तनहुँ, ७ पौष,२०७८
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ भुजेल समुदाय साउनेमा रोटरी क्लबका डिष्ट्क गभर्नर संन्तोष रिजाललाइ जलदेवी आमा समुहले स्वागत गरेको थियो। रोटरी क्लब अफ नारायणगढ चितवनको आयोजनामा भुजेल समुदाय निर्माणधिन बालशिक्षा भवनको अवलोकन कार्यक्रममा डिजि रो.रिजालले अवलोकन गर्नुभएको थियो।
सो कार्यक्रमका प्रमुख अतिथि डिजि रो. संन्तोष रिजालले निर्माणधिन बालशिक्षा भवनको अवलोकन पछी कार्यक्रमलाई सम्बोधन गर्दै बालबालिकाहरू भनेको देशको कर्णदार हुन् हामीले सानै उमेर बाट बालबच्चाहरूलाई राम्रो शिक्षा दिएर अघि बढाउन सक्यो भने पछि गएर समुदाय र देशको उदार्णिय व्यक्ति बन्न सक्ने उहाँले बताउनुभयो । साथै उहाँले कुनै पनि बालबच्चालाई स्कुल जानबाट कहिल्यै पनि बञ्चित नगरौ स्कुल पठाउने बानि बसालौँ भनेर आग्रह गर्दै आफुले सक्दो सहयोग गर्ने समेत गर्नुभयो ।
कार्यक्रममा भुजेल जातिहरू बसोबास गर्दै अाइरहेको समुदायमा आर्थिक अवस्था कमजोर भएको हुनाले रोटरी क्लब अफ नारायणगढ शााखाले उक्त स्थानमा बालबालिकाहरु शिक्षा देखी टाढा हुन नपरोस् भन्ने उदेश्यको साथ बालबिकास भवन निर्माण कार्यलाई अगाडि बढाएको रोटरी क्लब अफ नारायणगढका संस्थापक अध्यक्ष निरन्जन प्रधानले जानकारी दिनुभयो ।
कार्यक्रममा ईन्जिनियर गुनेश्वर महत्त्वले निर्माणधिन बालशिक्षा भवनको बारेमा जानकारी दिनुभएको थियो भने स्वागत मन्तव्य जलदेवी आमा समुहका अध्यक्ष भरिमाया गुरुङले राख्नु भएको थियो ल।
कार्यक्रममा देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी,ए.जि. जोन ३० रोटरी नारायण प्रधान, डिस्क्रप्सन सेक्रेटरी रोटरी प्रभात योन्जन, देवघाट ५ नम्बर वडा सदस्य भोजराज नैनावस्ती र टुकनाथ अधिकारी, देवघाट गाउँपालिकाका कार्यक्रम संयोजक कृष्णराज पन्त लगाएत उपस्थिति रहेको थियोे भने क्लवका अध्यक्ष रोटरी अरूण कुमार खनालको सभाध्यक्षमा कार्यक्रम सम्पन्न भएको थियोे ।