आज योमरी पुन्ही मनाइँदै

काठमाण्डौं/नेवारी समुदायले आज योमरी पुन्ही मनाउँदैछन् । मङ्सिर शुक्ल पूर्णिमाका दिन काठमाडौँ उपत्यका र उपत्यकाबाट अन्यत्र बसाइँ सरेका नेवार समुदायका नागरिकले योमरी पुन्ही मनाउँदैछन् ।
नयाँ चामलको पीठोभित्र चाकु बफ्याएर बनाइने मौलिक शैलीको मिठाई योमरी खाने दिनका रूपमा लिइन्छ । मिठाई खाने दिन भएकोले यो पूर्णिमालाई योमरी पूर्णिमा पनि भनिन्छ, मरी भनेको नेवारीमा मिठाई हो ।
महर्जन, प्रजापति, सिंह, सुवाल, मुनिकार, सुवाल, अवालेलगायतका थर ज्यापू समुदायमा पर्छन् । ज्यापूबाहेक सबै नेवार समुदायले घरघरमा योमरी बनाएर चेलीलाई भोजनका लागि निमन्त्रणा गर्ने परम्परा छ ।
त्यस्तै किरात समुदायले हरेक वर्ष मङ्सिर शुक्ल पूर्णिमाका दिन मनाउने उधौली पर्व पनि आज मनाइँदै छ । किरात समुदायको मान्यताअनुसार आजको दिनदेखि हिउँद सुरु हुने र यो समयमा लेकबाट घरपालुका वस्तुभाउ लिएर बेँसितिर बसाइ सर्ने समय भएको सङ्केतका रुपमा लिइन्छ । साथै अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाउने चलन छ । यस पर्वमा परम्परागत भेषभूषा लगाएर किरात दाजुभाइ तथा दिदीबहिनीले सार्वजनकि रुपमा भेला भई परम्परागत एवं मनमोहक साकेला नृत्य तथा गीत प्रस्तुत गर्ने चलन छ । उधौली पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सबैलाई शुभकामना दिनुभएको छ ।