काँग्रेसको खुल्ला तर्फका ३५ जना केन्द्रीय सदस्यको मतपरिणाम आज आउँने

काठमाण्डौ/नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा उम्मेद्वारी दिएका खुल्ला तर्फका ३५ जना केन्द्रीय सदस्यको मतपरिणाम आज आउने भएको छ ।

आज बिहान १० बजेदेखि ३५ जना खुल्ला केन्द्रीय सदस्यको मतगणना सुरु गर्ने काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिका सदस्य सीताराम केसीका अनुसार आज बेलुकीसम्ममा ३५ जना केन्द्रीय सदस्यको नतिजा आइसक्ने छ । ३५ जनाको लागि ९९ जनाले उम्मेदवारी दिएका छन् ।
सभापतिका लागि दोस्रो चरणमा मतदान भएपछि मंगलबारदेखि मतगणना सुरु गरेको समितिले आउँदो बिहीबारसम्ममा सबै पदको नतिजा सार्वजनिक गर्ने गरि गणना गरिरहेको उहाँले बताउनुभयो । निर्वाचन समितिले मतगणनाका लागि उम्मेदवार वा एकजना प्रतिनिधि मगतणनास्थल सानेपामा पठाइदिन पनि आग्रह गरेको छ । काँग्रेसमा सभापतिसहित १३ पदाधिकारीको मतपरिणाम आइसकेको छ ।