उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाण्डौं/हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका पहाडी भूभागको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पहाडका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।