आजको मौसमः केहि स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं/हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपात र वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव दिउँसोदेखि पूर्वी क्षेत्रमा सर्ने अनुमान रहेकाले वाग्मती प्रदेशका केही ठाउँमा पनि मौसम आंशिकदेखि सामान्य बद्ली हुुने अनुमान छ । प्रदेश-१ र २ मा भने  यो प्रणालीको असर खासै नदेखिने मौसमविद्ले बताएका छन्  ।

यो प्रणालीको प्रभाव भोलिसम्म रहने भएकाले भोलि पनि कर्णाली र गण्डकी प्रदेशसहित अन्य पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी  पर्ने अनुमान गरिएको छ । भोलि बेलुकादेखि भने यो प्रणालीको  प्रभाव हट्ने मौसमविद्ले बताएका छन् । यस्तै,  काठमाण्डौसहित देशका धेरै ठाउँमा अहिले हुस्सु, कुहिरो लागेको छ ।