पछिल्लो २४ घण्टामा २ सय ८० जनामा कोरोना संक्रमण

काठमाण्डौं/देशभर पछिल्लो २४ घण्टामा २ सय ८० जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएका छन् । कुल ११ हजार ९९४ जनामा परीक्षण परिँदा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा ३०० संक्रमित निको भएको पनि जनाएको छ । यस्तै सोही अवधिमा ६ जना संक्रमितको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।
हाल देशभर ५६३५ जना सक्रिय संक्रमित रहेका छन् ।