धादिङबाट १० किलो गाजाँ सहित १ जना पक्राउ

धादिङ/धादिङको गजुरीबाट प्रहरीले १० किलो गाजाँसहित एक जनालाई पक्राउ गरेको छ ।
गजुरीबजार स्थित पृथ्वि राजमार्ग सडक खण्डमा चेकजाँच गर्ने क्रममा काठमाण्डौंबाट चितवन तर्फ आउँदै गरेको यात्रु बाहक मिनी बसबाट गजुरी गाउँपालिका–४ सउरबोटे बस्ने ५१ वर्षिय मोतिलाल तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पछाडी भिर्ने झोला भित्र लुकाई छिपाई ल्याएको अबस्थामा १० किलो २०० ग्राम लागु औषध गाँजा फेला परेकोले लागु औषध गाँजा सहित निजलाई पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको छ ।