इच्छाकामनाको एक घरमा आगलागी, लाखौँको धनमाल जलेर नष्ट

इच्छाकामना/चितवनको इच्छाकामना–२ विपराङका दाउरी गुरुङको घरमा आगो लागि हुदाँ घरपूर्णरुपमा जलेर नष्ट भएको छ ।
आज विहान १० बजेतिर आगोलागि हुँदा घरमा रहेको नगद गरगहना कपडा अन्न सबै जलेर नष्टभएको स्थानीय शिक्षक पदम बहादुर चेपाङले बताउनुभयो ।
घरमा रहेका नगद एक लाख भन्दा बढी जलेर काम नलाग्ने अवस्थामा भेटिएको छ । दुई वटा औँठी, एक वटा मंगलसुत्र पनि जलेको अवस्थामा भेटिएको छ ।
स्थानीय शिक्षक चेपाङले भन्नुभयो ‘अहिले सम्म कती क्षती भयो भन्ने एकिन भएको छैन ,घरपूर्णरुपमा जलेर नष्ट भएको छ, हामी अहिले पीडित परिवारका लागि खाद्यान्न र कपडा जोह गर्न लागीपरेका छौँ ।’
घरमा आगलागी हुनको कारण खुलेको छैन ।