चितवन बन्द गराउन निस्किएका एक नेता पुल्चोकबाट प्रहरी नियन्त्रणमा

चितवन/एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले एमसीसी खारेजीको माग गर्दै आज चितवन बन्द आब्हान गरेको छ । बन्द सफल गराउन भन्दै हिडेका देशभक्त गणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय सदस्य घननाथ सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । पुल्चोकबाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

चितवनका चोक चोकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सडकमा बन्दकर्ता देखिएका छैनन् । सडकमा बन्दकर्ता देखिए पक्राउ गर्ने तयारीका साथ सडकमा प्रहरी परिचालन गरिएको छ । वन्दको आब्हान गरेको हो । १३ वटा राजनीतिक दलको समर्थनमा बन्द आब्हान गरिएको दाबी संघर्ष समितिको छ ।

बन्दको सामान्य प्रभाव परेको छ । सवारीसाधन निर्वाद रुपमा संचालनमा आएका छन् भने शैक्षिक संस्था संचालनमा आउन सकेका छैनन् ।