पश्चिमी क्षेत्रका उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातको सम्भावना

काठमाण्डौं/नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको छ। यसले गर्दा चिसो हावा चल्न थालेको छ भने आज पश्चिमी क्षेत्रका उच्च पहाडी तथा हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना छ ।
यो प्रणालीका कारण आज कर्णाली, लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेशका धेरै ठाउँमा मौसम बद्ली हुने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

मौसमविद् मानन्धरका अनुसार यसको प्रभावले वाग्मती प्रदेशका केही ठाउँमा पनि मौसम आंशिक बद्ली हुने सम्भावना छ । भोलिदेखि यो प्रणाली हटेर जाने मौसमविद्ले बताएका छन् ।