एम्बुलेन्सको ठक्करबाट भरतपुरमा पैदल यात्रीको मृत्यु

चितवन/एम्बुलेन्सको ठक्करबाट चितवनको भरतपुर महानगरपालिका–१५ मा पैदल यात्रीको मृत्यु भएको छ ।
से १ च ५८८ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा अन्दाजी ३५ वर्षका पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार घाइते भएका उनको भरतपुरको कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचारका क्रममा गएराति साढे ८ बजे मृत्यु भएको हो ।
मृत्यु हुने व्यक्तिको परिचय खुलेको छैन । एम्बुलेन्सका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।