युट्युबमा अश्लील शीर्षक राखेर भिडियो राख्ने एक जना पक्राउ

काठमाण्डौ/युट्युबमा अश्लील शीर्षक राखेर भिडियो राख्ने एक जनालाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ ।

‘टेन्सन ब्रो’ नामक युट्युब च्यानलबाट विभिन्न सामाजिक सञ्जालमा अश्लील शीर्षकमा भिडियो राखेको आरोपमा प्रहरीले कालीकोटको पताँला झरना गाउँपालिका घर भएका ४१ वर्षीय भरतबहादुर तिरुवालाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको साइबर ब्युरोले जनाएको छ ।