धादिङमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्य, २ जना घाइते

गजुरी/धादिङमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
पृथ्वी राजमार्ग अन्तर्गत जिल्लाको गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकै  बा ४४ प ९८३६ नम्बरको मोटरसाइकल र बा ६३ प ४८३४ नम्बरको स्कुटर ठोक्किँदा मोटरसाइकलमा रहेका बेनीघाट रोराङ गाउँपालिका–१० का ३३ वर्षीय सुक बहादुर चेपाङको मृत्यु भएको हो ।

मोटरसाइकललाई ना ६ ख ७४९ नम्बरको ट्रकले समेत ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताउनुभयो ।

दुर्घटनामा परि सिद्धलेक गाउँपालिका–१ का २५ वर्षीय सुरेन्द्र वाइबा र २८ वर्षीय सोनाम घले घाइते भएका छन् । उनिहरुको गजुरीमा रहेको स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।