काग्रेस महाधिवेशनः अन्तिम नामावली आज १२ बजेपछि सार्वजनिक

काठमाण्डौं/नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नयाँ नेतृतवका लागि १३४ पदका लागि ५४८ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेका अनुसार आइतबार (आज) ११ बजेसम्म उम्मेद्‌वारी फिर्ताको समय छ भने अन्तिम नामावली मध्यानह सवा १२ बजे सार्वजनिक गरिनेछ ।
‘अहिले ११ बजेसम्म उमेद्‌वारी फिर्ताको समय छ । उम्मेद्‌वारी फिर्ता गरेपछि कुन कुन पदमा सर्वसम्मत हुन्छ ? कुन कुनमा निर्वाचन हुन्छ ? हामीले सर्वसम्मत र निर्वाचन हुने पदहरूको अन्तिम नामावली आजै सवा १२ बजे प्रकाशन गर्नेछौँ’, घिमिरेले भने ।

उनका अनुसार केही कलष्टरहरूमा सर्वसम्मत हुने सम्भावना देखिएको छ । सर्वसम्मत नभएका पदमा भने सोमबार (भोलि) बिहान ८ बजेदेखि निर्वाचन हुनेछ ।