ई. शिबहरी घिमिरेको बागमति प्रदेश सदस्यमा उमेद्धवारी!

चितवन/नेपाली काँग्रेसको आसन्न निर्वाचनमा ई. शिबहरी घिमिरेले बागमति प्रदेश सदस्यमा उमेद्धवारी दिनु भएको छ । नेपाली काँग्रेसको भातृसंस्था नेपाल बिधार्थी संघबाट राजनिती शुरु गर्नुभएका घिमीरे २०४६ सालदेखि बिधार्थी राजनितीमा सक्रिय हुनुहुन्छ । २०५१ सालमा नेपाली काँग्रेसको भातृसंस्था नेपाल बिधार्थी संघको ईन्जिनियरिङ्ग कलेज पश्चिमाञ्चल पोखराबाट स्ववियु उपसभापतिमा निर्वाचित भइसक्नुभएको छ ।
प्राबिधिक बिधार्थी संघ (fots) को केन्दिीय सदस्य रहि काम गरिसक्नु भएका घिमीरे नेपाल ईन्जिनियर्स एसोसियन्स चितवनमा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधित्व गर्दै सचिब र उपसभापतिमा निर्वाचित हुँदै हाल उपसभापतिमा कार्यरत हुनुहुन्छ । सामाजिक क्षेत्रमा आम रुपमा स्थापित एंव सबैले रुचाईएकै कारण चितवन क्षेत्र नं. ३ प्रदेश ‘ख’ बाट सबैभन्दा बढी मत प्राप्तगरी प्रदेश अधिेवेशन प्रतिनिधीका रुपमा निर्वाचित ई. शिबहरी घिमिरेले नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्र्तगत प्रदेश अधिवेशनमा आफ्नो उमेद्धवारी कार्यसमिती सदस्य पदमा रहेको जानकारी दिनुभएको छ ।
चितवन भरतपुर २१ पार्बतीपुरका स्थायी बासिन्दा रहनुभएका घिमीरेले नेपाली काँग्रेसलाई गतिशिल बनाउनका लागी आफुलाई मतदान गर्न महाधिवेशन प्रतिनिधी र प्रदेश प्रतिनिधीहरुलाई अपिल गर्नुभएको छ । उहाँले आफु निष्ठापुर्बक नेपाली काँग्रेस पार्टी बनाउन र देश अनि जनताको काम गर्न प्राबिधिक क्षेत्रबाट राजनितीमा सक्रिय भएको बताउनुभएको छ । उहाँले प्रदेश सदस्य पदमा आफुलाई बिजयी बनाउन महाधिवेशन प्रतिनिधी एंव प्रदेश प्रतिनिधीहरु सगैं सबैको साथ, सहयोग र सदभाव रहने बिश्वास ब्यक्त गर्नुभएको छ ।