कांग्रेसले सार्वाजनिक गर्‍यो महाधिवेश कार्यतालिका

काठमाडौं/नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको कार्यतालिका सार्वाजनिक गरेको छ । सोमबार बसेको समितिको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको हो ।

कार्यतालिका अनुसार प्रदेश अधिवेशन मंसिर १६ गतेदेखि सुरु हुने छ । केन्द्रीय महाधिवेशन मंसिर २४ गतेदेखि सुरु हुने सार्वजनिक कार्यतालिकामा उल्लेख छ । कार्यतालिका अनुसार मंसिर २४ गते बिहान १० बजे मतदाताको नामावली प्रकाशन गरिनेछ । उम्मेदवारले २५ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन दर्ता गर्न सक्ने छन् ।

यस्तै २६ गते दिउँसो ३ बजेदेखि एक घण्टाभित्रमा उम्मेदवारले मनोनयन फिर्ता लिनुपर्ने कार्यतालिकामा उल्लेख छ । मंसिर २७ गते बिहान ८ बजेबाट मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ ।