बुधवारदेखि केही ठाउँमा हल्का वर्षाको सम्भावना

काठमाण्डौ/आगामी बुधवारदेखि देशका विभिन्न ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् सजिना शाक्यकाअनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षा हुने सम्भावना छ ।

पानी परेपछि अहिले धुम्म रहेको मौसम खुल्ने अनुमान गरिएको छ । देशका धेरै ठाउँमा केही दिनदेखि मौसम धुम्म भएको छ । राम्रोसँग घाम नलाग्दा चिसो बढेको छ ।