नेपाली कांग्रेस १४औँ महाधिवेशनः विदेशी नागरिकता लिएको नागरिकमाथि कडाई

काठमाडौं/नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भाग लिने गैरआवासीय नेपालीमाथि पार्टीको निर्वाचन समितिले विदेशी नागरिकता लिएकाको हकमा कडाई गरेको छ ।
पार्टीको निर्वाचन समितिको पत्र अनुसार विदेशी नागरिकता वा पासपोर्ट भएका व्यक्ति नेपाली जनसम्पर्क समितिको सभापति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य हुन पाउने छैनन् ।

नेपालमा प्रतिनिधि भएर भोट हाल्न जाँदा नेपाली पासपोर्टमा यात्रा गरेको प्रमाण पेश गर्नु पर्ने निर्देशन जारी गरिएको छ ।