कात्तिक महिनामा साँढे २ सय मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटना: इन्सेक
काठमाण्डौं/साँढे २ सय व्यक्ति मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनाबाट पीडित भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जनाएको छ । कात्तिक महिनाको मासिक विश्लेषण जारी गर्दै इन्सेकले कात्तिक महिनामा १ सय ४ जना महिला र १ सय २७ पुरूष गरी २ सय ३१ जना पिडित भएका जनाएको हो ।
बागमती प्रदेशमा १ सय ३४, प्रदेश १ मा २२, लुम्बिनी प्रदेशमा २१, प्रदेश २ मा २०, कर्णाली प्रदेशमा १८, गण्डकी प्रदेशमा १४ र सुदूरपश्चिम प्रदेशमा दुई जना पीडित भएको विश्लेषणमा उल्लेख छ ।
कात्तिक महिनामा प्रहरीले १५ जना महिलासहित १ सय १९ जनालाई प्रहरीले पक्राउ गरेको छ भने यो अवधिमा १३ जना घाइते, अमानवीय व्यवहारबाट एक जना, दुव्र्यवहारको घटनामा एक जना, जातीय विभेदको घटनामा एक जना र बम विष्फोटनमा परी दुई जना घाइते भएको इन्सेकले जनाएको छ ।
कात्तिक महिनामा बाल अधिकार उल्लङ्घनका घटनामा ३४ जना बालबालिका र महिला अधिकार उल्लङ्घनका घटनामा ४७ जना महिला पीडित भएका छन् ।