Breaking News

राष्ट्रिय जनगणना २०७८: तथ्याङ्क सङ्कलनको मुल गणना कार्य ९५ प्रतिशत सकियो

काठमाण्डौं/राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क सङ्कलनको मुल गणना कार्य ९५ प्रतिशत सकिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।
कात्तिक २५ गतेबाट सुरू भएको राष्ट्रिय जनगणना २०७८ को मुल तथ्याङ्क सङ्कलनको काम ३ दिन बाँकी रहदा अब ५ प्रतिशत मात्रै गणना बाँकी रहेको विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताउनभयो ।
उहाँले गाउँमा घर भएका तर अन्य स्थानमा भाडामा बस्ने व्यक्तिले पनि जो जहाँ छन् त्यहिबाटै तथ्याङ्क टिपाउन आग्रह गर्दै छुटेकाहरुले निः शुल्क नम्बर ११७८ मा खवर गर्न समेत आग्रह गर्नु भयो ।

sahid diwas