आन्दोलनरत बारले आज प्रमुख राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाउने
काठमाण्डौं/आन्दोलनरत नेपाल बार एसोसिएसनले आज प्रमुख राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाउने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत बारले आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीसहितका दललाई ध्यानाकर्षणपत्र बुझाउन लागेको हो ।
बार प्रधानन्यायाधीशलाई महाभियोग लगाउँदै आएको छ । तर, दलहरुले कुनै कदम नचालेको भन्दै बारले ३० कात्तिकमै दलहरुलाई ध्यानाकर्षणपत्र बुझाउने निर्णय गरेको थियो ।
नेपाल बार १४ कात्तिकदेखि आन्दोलनरत छ ।
पछिल्लो पटक बारले सर्वोच्च अदालतमा धर्ना दिँदै आएको छ । आज पनि कालोपट्टी बाँधेर धर्ना दिने कार्यक्रम रहेको बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए ।