रत्ननगरका स्वास्थ्य स्वयंसेविकालाई साइकल

चितवन/चितवनको रत्ननगर नगरपालिकाका स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको छ । आज आइतबार वडा नम्बर १६ ले स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको हो। औपचारीक कार्यक्रमको आयोजन गरी ३ जना स्वास्थ्य स्वयंसेविकालाई १/१ थान साईकल,छाता र झोला वितरण गरिएको वडाध्यक्ष हेमराज थापाले जानकारी दिए ।
साईकल हस्तान्तरण गर्दै वडाध्यक्ष थापाले स्वयंसेविकाहरु लाई सेवाग्राही सम्म पुग्न सहजता होस भन्ने हेतुले साइकल वितरण गरिएको वताए । उनले स्वास्थ्य स्वयंसेविकाहरुले प्रदान गरिरहेको सेवाको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तरण दिने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधब प्रसाद पौडेल,वडा सदस्य,टोल विकास संस्थाका प्रतिनिधी,स्थानिय संघ संस्थाका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम वडाका सचिव देव प्रसाद पौडेलले संचालन गरेका थिए ।