मौसम सामान्य बदली, वर्षा र हिमपातको सम्भावना कहाँ कहाँ ?

काठमाण्डौ/आज देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका भूभागहरू सामान्य बदली रही बाँकी प्रदेशका भूभागहरू आंशिक सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेका महाशाखाको भनाइ छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा भने हल्का देखि मध्यम खालको हिमपातको सम्भावान रहेको छ ।
शनिवार राति देशभर सामान्य बदली रही उत्त पहाडी भेगमा सामान्य हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
आगामी २४ घण्टामा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभावका कारण देशका अधिकांश भूभागहरुमा बदली भइ वागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानहरुमा हल्का हिमपातको सम्भावान रहेको छ।

प्रणालीको प्रभावले देशका अधिकांश भूभागहरुमा बदली भइ चिसो बढ्ने क्रममा रहेको र तुवालोको कारणले पारदर्शितमा समेत कमी आउन सक्ने देखिएकाले सडक तथा हवाइ यातायत क्षेत्रमा समेत सामान्य प्रभाव पर्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।