बन्द प्रभावः पोखराबाट आठ बन्दकर्ता पक्राउ

पोखरा/नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको बन्द गराउँदै हिँड्का नेकपा कास्कीका सदस्य काजी गुरुङ र अखिल (क्रान्तिकारी) पृथ्वीनारायण क्याम्पस समितिका उपाध्यक्ष युवराजसहित आठ जनालाई प्रहरीले पोखराबाट नियन्त्रणमा लिएको छ ।

कास्कीका डीएसपी सुन्दर तिवारीले पक्राउ परेकाहरुसँग सोधपुछ भइरहेको बताए ।

नेकपाका कार्यकर्ताले पोखराका विभिन्न चोक र सडकमा टायर बालेर प्रदर्शन गरेका छन् ।

बन्दको असर पोखरामा पनि बिहानैदेखि परेको छ । प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

सार्वजनिक यातायात ठप्प छ भने निजी सवारीसाधन पनि फाट्टफुट्ट गुडेका छन् । बजार बन्द छ। अत्याश्यक ढुवानीका मालबाहक गाडी भने चलिरहेका छन् ।