चितवनको चित्रसारी मन्दिरमा आजदेखि एकादशी मेला सुरु

चितवन/आजदेखि सौराहाको प्रवेशद्धार चित्रसारी मन्दिरमा एकादशी मेला सुरु भएको छ ।
हरेक वर्ष चित्रसेन बाबा मन्दिर चित्रसारीमा एकादशी मेला लाग्ने गर्दछ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण गत वर्ष बन्द गरिएको एकादशी मेला यस वर्ष पुनः सञ्चालन भएको हो ।
मेलालाई ब्यवस्थीत र भब्य रुपममा सफल बनाउनको लागि स्वंयम सेवकहरु परिचालन गरिएको चित्रसने बाबा मन्दिर संरक्षण समितिका अध्यक्ष बलराम महतो जानकारी दिनुभयो । मेला ३ दिनसम्म संचालन हुने छ ।
हरिबोधनी एकदशीका दिनब्रत बस्दा मनोकामना पुरा हुने धार्मिक मान्यता रही आएको छ ।