आजदेखि १२ वर्षमाथिका दीर्घरोगीलाई फाइजर खोप लगाइँदै
चितवन/आजदेखि कोभिड १९ विरुद्धको खोप नलगाएका १२ वर्षमाथिका दीर्घ रोगीलाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाइँदै छ ।
१२ वर्षमाथिका आठ प्रकारका दीर्घरोग भएका व्यक्तिहरुलाई सरकारले फाइजर खोप दिन लागेको हो।
खोपको पहिलो मात्रा आजदेखि मंसिर ४ गतेसम्म दिइनेछ भने दोश्रो मात्रा मंसिर २७ गतेदेखि पुस २ गतेसम्म दिइनेछ । यो खोप २१ देखि २८ दिन भित्रमा दुई मात्रा लिनुपर्ने हुन्छ ।
खोप लगाउनका लागि सरकारले देशभर २४ वटा अस्पताल तोकेको छ ।
सरकारले तोकेका अस्पतालमा मात्रै फाइजर खोप लगाउन पाइनेछ । तोकिएका अस्पतालहरुमा बिहान १० देखि ४ बजेसम्म खोप लगाउन पाइनेछ । खोप लगाउन जाँदा अस्पताल वा डाक्टरले सिफारिस गरेको दीर्घरोगको उपचारसम्बन्धी पुर्जा लिएर जानुपर्नेछ ।
खोप लगाउन तोकिएको अस्पतालहरु :