भारतको दिल्लीमा प्रदूषणको मात्रा बढेपछि दुई दिन लकडाउन गर्न सर्वोच्च अदालतको सुझाव

काठमाण्डौं/भारतको नयाँ दिल्लीमा दिल्लीमा प्रदूषणको मात्रा बढेपछि त्यहाँको सर्वोच्च अदालतले po लकडाउन गर्न सुझाव दिएको छ ।

केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा प्रदूषणको मात्रा न्यूनीकरण गर्नका लागि लकडाउन गर्न अदालतले सुझाव दिएको हो ।

भारतका प्रधानन्यायाधीश एन भी रमण, न्यायाधीशहरु डी वाई चन्द्रचुडा र सूर्यकान्तको इजलासले दिएको सुझावको निकै चर्चा भएको छ ।

हावाको गुणस्तर मापक सूचकाङ्कलाई कम्तीमा दुई सयमा झार्नु पर्ने र त्यसको लागि दुई दिने लकडाउन एउटा उपाय हुन सक्ने भनिएको समाचार संस्था एएनआईले जनाएको छ । तर दीर्घकालीन रुपमा समस्याको समाधान गर्ने उपायको खोजी गर्न तथा अति प्रदूषण भएकाले बालबालिकालाई विद्यालय तथा घरबाहिर निस्कन दिनेबारेमा पनि पुनर्विचार गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराएको छ ।

सरकारी वायु गुणस्तर मापन अधिकारीहरूले त्यहाँ प्रदूषण कणको ३५ प्रतिशत जलाइएका परालहरूका कारण भएको र त्यो बढ्दै जाने अनुमान गरेका छन् ।

भारतमा प्रदूषित वायुका कारण बर्सेनि १० लाख मानिसको ज्यान जाने गरेको विभिन्न तथ्याङ्कले देखाएका छन् ।