आज नेपाली काँग्रेसले १३ जिल्लामा वडा अधिवेशन गर्दै 

काठमाण्डौं/नेपाली काँग्रेसले १३ जिल्लामा वडा अधिवेशन आज गर्दैछ । क्रियाशील सदस्यता विवादका कारण वडा अधिवेशन हुन नसकेका १३ जिल्लामा आज अधिवेशन गर्न लागिएको हो ।
१३ जिल्लामा अधिवेशनमार्फत आज क्षेत्रीय प्रतिनिधि चुनिने काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समिति संयोजक महादेव प्रसाद यादवले अधिवेशनका बाँकी प्रक्रियामा कुनै रोकावट नहुने भएकाले आज १३ जिल्लामा वडा अधिवेशन गराउन लागेको जानकारी दिनुभयो ।
वडा अधिवेशन सकाएपछि काँग्रेसले बाँकी रहेका गाउँ र नगर पालिका अधिवेशन कात्तिक ३०, प्रदेश सभा क्षेत्रीय अधिवेशन मङ्सिर ३, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक क्षेत्रमात्र भएको जिल्लामा जिल्ला अधिवेशन मङ्सिर ६, एकभन्दा बढी क्षेत्र भएको जिल्ला अधिवेशन मङ्सिर १० मा गर्ने तालिका निकालेको छ । प्रदेश अधिवेशन मङसिर १६ र १७ तथा केन्द्रीय महाधिवेशन मङ्सिर २४ देखि २६ सम्म काठमाडौँमा गरिने छ ।