गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पोखरा/गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रको केहि जिल्लामा आज पनि हल्का हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
देशका धेरै ठाउँमा चिसो बढ्दै गएको छ ।
हिजोभन्दा आज चिसो बढी महसुस भएको छ । अब क्रमश चिसो बढ्दै जाने मौसमविद्ले बताएका छन् ।
यस्तै, आज प्रदेश १ र २ मा आंशिकदेखि सामान्य बद्ली रहने भएको छ ।
देशभरका अन्य ठाउँमा भने सामान्यतया मौसम सफा रहने
मौसमविद् निराजन सापकोटाले बताउनु भएको छ ।