कार्तिक २८ देखि १२ वर्ष उमेरभन्दा माथिका दीर्घ रोगी बालबालिकालाई फाइजरको खोप

काठमाण्डौं/कार्तिक २८ गते आइतबार देखि १२ वर्ष उमेरभन्दा माथिका दीर्घ रोगी बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाइने भएको छ ।
कोभ्याक्स सुविधा मार्फत अमेरिकाले १ लाख मात्रा खोप उपलब्ध गराएको फाइजर खोप दीर्घरोगी बालबालिकालाई लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
फाइजर खोपको पहिले मात्रा कार्तिक २८ देखि मङ्सिर ४ गते लगाइने छ भने दोस्रो मात्रा मङ्सिर २७ देखि पुस २ गतेसम्म दिने भएको छ ।
खोप काठमाडौँ उपत्यकाभित्रका ८ र बाहिरका १६ गरी २४ वटा अस्पतालमा खोप केन्द्रमा लगाइने भएको छ ।