धादिङ ससाहमा बस दुर्घटनाः ३५ जना घाइते

धादिङ/कालुपाण्डे मार्ग अन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका ८ ससाह नजिकै आज बुधवार दुई वटा बस ठोक्किएर दुर्घटना भएको छ । साँघुरो घुम्तीमा दुई वटा बस ठोक्किएर दुर्घटना हुँदा ३५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

काठमाण्डौबाट धादिङबेसी हुँदै फुलखर्क आउँदै गरेको ना ७ ख ५८२८ नम्बरको बस र धादिङबेसीबाट चितवन जाँदै गरेको ना ५ ख ३२३५ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक ९डीएसपी० एवम् सूचना अधिकारी जागेश्वर भण्डारीले बताउनुभयो ।

दुर्घटनामा घाइते भएकाहरूको धादिङ अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते भएका दुई जनालाई काठमाण्डौको ट्रमा सेन्टरमा थप उपचारका लागि रेफर गरिएको छ ।