राष्ट्रिय जनगणना अन्तर्गत भोलि देखि मूल गणना हुने

काठमाण्डौं/राष्ट्रिय जनगणना २०७८ अन्तर्गत भोलि बुधबारदेखि मूल गणना हुने भएको छ । मंसिर ९ गतेसम्म हुने जनगणनाका लागि तयारी पूरा भएको तथ्यांक विभागका महानिर्देशक महानिर्देशक नेबिनलाल श्रेष्ठले जानकारी दिए ।

मूल गणनाका लागि ४० हजार गणक र आठ हजार १६ जना सुपरीवेक्षक खटिने छन् । नेपालमा हरेक १०–१० वर्षमा एक पटक राष्ट्रिय जनगणना हुने गरेको छ ।

यसअघि ३० भदौदेखि सुरु भएको सूचीकरण १८ असोजसम्म चलेको थियो । छुटेका व्यक्ति तथा परिवारले केन्द्रिय तथ्यांक विभागमा सम्पर्क गरी टिपाउन सक्नेछन् ।

तथ्यांक विभागले यसअघि असार ८ गतेदेखि जनगणना सुरु गर्ने तयारी गरेको थियो। तर, कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि जनगणना स्थगित भएको थियो ।