देशका पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना
काठमाण्डौं/आज देशभर आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नभएपनि देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।
महाशाखाले आज बिहान जारी गरेको मौसम सम्बन्धी बुलेटिनमा आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने उल्लेख गरिएको छ । यस्तै प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आजराति देशको पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।