आज दिनभरि नै पहाडी क्षेत्रमा बादल लाग्ने सम्भावना

काठमाण्डौं/आज दिनभरि नै काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा बादल लाग्ने सम्भावना छ ।

मौसमविद्काअनुसार घाम लागिहाले पनि मलिनो लाग्नेछ । पानी पार्ने प्रणाली तत्कालका लागि नभएकाले अबको केही दिन ठूलो पानी पर्ने वा झरी पर्ने सम्भावना भने छैन ।

उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेका पनि मौसमवीदले बताएका छन् ।