इजलासमा बसे प्रधानन्यायाधीश जबरा

काठमाण्डौं/प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आइतबार इजलासमा बसेका छन् ।प्रधानन्यायाधीश जबराको इजलासमा चितवन जिल्ला अदालत समेतका विरुद्ध दायर रिट निवेदनमाथि सुनुवाइ भइरहेको छ । महान्यायाधिवक्ताको कार्यालयका तर्फबाट डा। टेकबहादुर घिमिरेले दायर गरेको रिट निवेदनमाथि प्रधानन्यायाधीश जबराको बेन्चमा सुनुवाइका लागि पेसी तोकिएको थियो । सोही इजलासमा उच्च अदालत पाटनसमेतका विरुद्ध भेषराज लोहनीले दायर गरेको रिट निवेदन पनि पेसीमा राखिएको छ ।
सर्वोच्च अदालतका सबैजसो न्यायाधीश तथा नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश जबरालाई राजीनामाका लागि दबाव दिँदै इजलासमा नबस्न चेतावनी दिएका छन् ।