पछिल्लो २४ घण्टामा थप ४०८ जनामा कोरोना संक्रमण

काठमाण्डौं/देशभर पछिल्लो २४ घण्टामा ४ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरबाट ५ हजार ७ सय ३१ पीसीआर परीक्षणमा ३ सय ७६ जना र २ हजार १ सय ६८ एन्टिजेन परीक्षणमा ३२ जना गरी ४ सय ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५१८ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ ।