इजलास बहिस्कार गर्ने १५ जना न्यायाधीशविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं/ इजलास बहिस्कार गर्ने सर्वोच्च अदालतका १५ जना न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा रिट पुगेको छ ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसारन्यायाधीशहरुले इजलासमा सहभागी नहुँदा न्याय प्रभावित भएकाले न्यायमा असर पर्नेगरी कार्य नगर्न/नगराउन माग गर्दै तीनवटा रिट आएको हो ।

उनले रिट दर्ता प्रक्रियामा रहेको जनाएका छन् । स्वागत नेपाल, कृष्ण प्रसाईंलगायत अधिवक्ताहरुले लिएर गएको रिटमा न्यायाधीशहरु इजलासमा सहभागी नहुँदा बन्दी प्रत्यक्षीकरणसहित तत्काल सुनुवाइ नहुँदा न्यायको हक उल्लंघन भएको भन्दै पेशी सूचीमा रहेका मुद्दा हेर्न परमादेश जारी गर्न माग गरिएको छ ।